News Portal

  • सभापति देउवासँग युवा उद्यमी रोहितजंग खड्काको भेटवार्ता, आर्थिक सराेकारमूलक विषयमा छलफल

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७७
    ७७४ पटक
    २२ चैत्र, २०७७

    काठमाडौं । युवा उद्यमी रोहितजंग खड्का र नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताको क्रममा विभिन्न समसामयिक, व्यावसायिक एवं राजनीतिक विषयवस्तुहरुमा छलफल र चर्चा भएको छ । सभापतिज्यूसँगको आफ्नो भेट सार्थक रहेको उद्यमी खड्काले बताएका छन् ।

    उक्त भेटवार्तालाई व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुले विशेष महत्वका साथ हेरेका छन् । भेटवार्तामा खड्काले थुप्रै योजनाहरु समेत सभापति देउवा समक्ष पेश गरेका थिए ।

    खड्काले नेपाली काङ्ग्रेस नेतृ आरजु देउवा र आफ्नो गृह जिल्ला एउटै अर्थात कैलाली नै रहेको र राष्ट्रिय राजनीतिमा राणालाई बलियो बनाउनको लागि नयाँ उद्देश्य र योजना सहित युद्धस्तरमा लाग्नको लागि आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा भएको सभापति देउवासँगको भेटवार्ताको क्रममा बताएका छन् ।

    साथै उनले अबको काङ्ग्र्रेस आत्मनिर्भर हुनुपर्नेमा समेत जोड दिएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा अबको आवश्यकता भनेकै आत्मनिर्भरता सहितको राजनीति हुनुपर्ने भएकोले आत्मनिर्भरतालाई आफूले विशेष जोड दिएको बताए ।

    साथै आफ्नो उक्त प्रतिबद्धता पूरा गर्नको लागि देशभरका युवा व्यवसायी साथीहरुलाई परिचालन गर्ने काम शुरु भइसकेको समेत खड्काले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्