News Portal

  • सरकार र विप्लव नेकपाबीच वार्ता सम्पन्न

    दुवै पक्षबीच तीनबुँदे सहमतीमा टुंगियो

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७७
    २११० पटक
    २० फागुन, २०७७

    काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमति भएको छ । यो सहमति दुवै पक्षबीच दुई दिन लामो समयको वार्तापछि विप्लव नेतृत्वको नेकपाले आफ्नो सम्पूर्ण हिंसाको बाटो त्यागी शान्तिपूर्ण रुपमा गतिविधि गर्ने तथा सरकारले विप्लव समूहमाथि लागेको प्रतिबन्धलाई हटाउने, बन्दीको रिहाइ र उनीहरुको मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको छ ।
    सो सहमति सरकारी तर्फबाट वार्ता टोलीको संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संयुक्त हस्ताक्षर गरी एक प्रेस नोटमार्फत तीनबुँदे सहमति भएको जानकारी दिएका छन् । उक्त सहमतिमा विप्लव समूहले हिंसा छाड्ने र सरकारले लगाएको प्रतिवन्ध हटाउने सहमति भएको उल्लेख भएको छ । यो सहमतिसँगै अब विप्लव नेतृत्वको नेकपाले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिक बाटोको अवलम्बन गरी अगाडि बढ्ने भएको छ । सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ । वार्ता सम्पन्न भएसँगै पक्राउ परेको सम्पूर्ण बन्दी रिहाई गरिने उनीहरुमाथि लागेको मुद्दा खारेजी गर्ने सहमति भएको छ । सहमतिको बारे शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेता विप्लवले संयुक्त कार्यक्रममार्फत आ–आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रमसमेत तय भएको छ । विप्लव समूहसँग वार्ता गर्नु र त्यसलाई निष्कर्षमा पुर्याउन सरकारले गरेको पहलको चौतर्फी प्रसंशा सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस्