२७ असोज, २०८३काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०८३ सार्वजनिक गरेको छ । कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेजसहितका आकर्षक सुविधा उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार नयाँ अफरअन्तर्गत अल नेट भ्वाइस प्याकमा ३५ रुपैयाँदेखि २९९ रुपैयाँसम्मका प्याकेज उपलब्ध छन् । ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेट कल गर्न सकिनेछ ।
यी प्याकेजको समयावधि क्रमशः एक दिन, तीन दिन, सात दिन, ३० दिन र ३० दिन रहेको छ ।
त्यस्तै, कम्पनीले सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँ र १ हजार ४९९ रुपैयाँका प्याकेज पनि उपलब्ध गराएको छ ।
६९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म सबै नेटवर्कमा असीमित कल, ३० जीबी डाटा र सबै नेटवर्कमा पठाउन सकिने २०० वटा एसएमएस उपलब्ध हुनेछन् । त्यस्तै, १ हजार ४९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म असीमित कल, ६०० जीबी डाटा र ३५० वटा एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले पोस्टपेड प्रयोगकर्ताका लागि पनि विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध गराएको छ । पोस्टपेड ग्राहकले ३७३ रुपैयाँको मासिक शुल्कमा उपलब्ध हुने सेवासहित अन्य प्याकेज प्रयोग गर्न सक्नेछन् ।
कम्पनीले भ्वाइस तथा डाटा प्याकेजका अतिरिक्त बन्डल्ड प्याक, एडअन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याकेज र एफटीटीएच प्याकेजसमेत उपलब्ध गराएको छ । फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत विभिन्न प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन् । त्यस्तै, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np बाट पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।



