News Portal

  • विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८३
    १२ पटक
    २७ असोज, २०८३

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्ईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

    मंगलबार (आज) बेलुका वाग्ले बैंकक प्रस्थान गरेका हुन् ।

    वाग्लेको प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी रहेका छन् ।

    बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्ने सचिवालयले जनाएको छ ।

    बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

    यस्तै, द्विपक्षीय बैठकमा सन् २०२७ मा शक्ति राष्ट्रहरूको अन्तरसरकारी फोरम (जी २०) को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि उनी सहभागी हुने जनाइएको छ ।

    उनले आर्थिक विषयहरूका साथै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

    प्रतिकृया दिनुहोस्