News Portal

  • स्काइवाकमा पोखरा फाइनान्सका ग्राहकलाई १५ प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता२० असोज, २०८३
    ९ पटक
    २० असोज, २०८३

    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाकको टिकट खरिदमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

    पोखरा फाइनान्स र वन्डर्स नेपाल प्रालिअन्तर्गत सञ्चालित स्काइवाकबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएपछि फाइनान्सका ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

    सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकलाई थप सुविधा र लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको सहकार्यबाट ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने फाइनान्सले जनाएको छ ।

    पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ तथा सीआईएसलगायतका सेवा दिँदै आएको छ ।

    फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्