News Portal

  • एक सातामै सुन तोलामा १५ हजार १०० रुपैयाँले महँगियो

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८३
    ५१ पटक
    ६ भदौ, २०८३

    काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । सात दिनको अवधिमा सुन प्रतितोला १५ हजार १०० रुपैयाँ महँगिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते शनिबार प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबार ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो ।

    महासंघका अनुसार साउन ३१ गते आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो । भदौ १ गते सोमबार फेरि १ हजार ६०० रुपैयाँ बढेर सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भयो ।

    भदौ २ गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । भदौ ३ गते बुधबार प्रतितोला २ हजार ७०० रुपैयाँ घटेर सुन ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो ।

    तर भदौ ४ गते बिहीबार सुनको मूल्य एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो । त्यस दिन सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, भदौ ५ गते शुक्रबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्