News Portal

  • देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०७७
    १३३४ पटक
    २० मंसिर, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४ सय २ महिला र ६ सय २२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै देशभर २ हजार २ सय ६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । यसबीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो ।
    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ । यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २ सय ५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
    हालसम्म कोरोनाबाट कुल १ हजार ५ सय ७७ जनाले ज्यान गुमाएका छन्् भने ५ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी शनिबार काठमाडौं उपत्यकामा ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस्