News Portal

  • १४ प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो ३६औँ साधारण सभा

    आर्थीकसंसार संवाददाता८ साउन, २०८१
    ३१ पटक
    ८ साउन, २०८१

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारण सभा डोकेको छ । इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको बैठकले साउन भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो ।

    कम्पनीको सभाले लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ५० करोड ११ लाख ६६ हजार रुपैयाँ नगद लाभांश, ४ प्रतिशत अर्थात् २० करोड ४ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ ।

    यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

    प्रतिकृया दिनुहोस्