News Portal

  • गालीले होइन, आर्थिक एजेन्डाले दल स्थापित हुनुपर्छ : अध्यक्ष ढकाल

    आर्थीकसंसार संवाददाता१८ माघ, २०८२
    १३ पटक
    १८ माघ, २०८२

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेन्डाका आधारमा स्थापित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताए ।

    उनका अनुसार कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म आर्थिक मुद्दा कहिल्यै पनि प्राथमिकतामा परेका छैनन् । ‘राजनीतिक दलका नेताहरूले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेन्डा स्थापित गर्नतर्फ कोही पनि लाग्दैनन्,’ ढकालले भने ।

    निजी क्षेत्रप्रति राजनीतिक दलहरूको धारणा नकारात्मक हुने गरेकोले विभिन्न समयमा त्यसको असर भोग्नुपरेको उनले बताए । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजना गरेका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय–मन्त्रालयबीच समन्वय छैन । निर्णय गर्दा लोकप्रियता खोज्ने गरिएको छ । राज्यलाई क्षति हुने भए पनि चर्चा बटुल्ने खालका निर्णय गर्ने प्रचलन बढेको छ ।’

    निजी क्षेत्रलाई राज्यले प्रवर्द्धन र संरक्षण नगरे अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्