२४ माघ, २०८२काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । संस्थाले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो नगद रकम सम्बन्धित शेयरधनीहरुले संकलन गर्न बाँकी रहेको देखिएको हुँदा हालसम्म उक्त नगद लाभांश रकम संकलन गर्न बाँकी रहेका शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।
यस कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको आफ्नो वेभसाईटः www.nicasiacapital.com मा उक्त नगद लाभांश वितरण हुन नसक्नुको कारण सहित राखेको हुँदा सोही अनुसारको विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी लाभांश रकम समयमा नै प्राप्त गर्न आग्रह गरेको हो ।
साथै हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक वित्तीय संस्थाको खाता अध्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका शेयरधनी महानुभावहरुले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अध्यावधिक गराई समयमा नै आफ्नो लाभांश प्राप्त गर्न अनुरोध गरेको छ ।

