News Portal

  • बीमा बजारलाई दीर्घकालीन बनाउन अभिकर्ताले झुट र आश्वासनको खेतीलाई चिरेर सत्यलाई बिकाउनुपर्छः अनिल थारु

    आर्थीकसंसार संवाददाता१७ माघ, २०८२
    ६ पटक
    १७ माघ, २०८२

    काठमाडौं । अनिल थारु पेसाले बीमा अभिकर्ता हुन्। पछिल्लो समय बीमा बजारमा उनको नाम परिचित छ। अहिले उनी सिटिजन लाइफको चन्द्रोटा कपिलवस्तु शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा सिटिजनको प्रतिनिधि पात्र भएर आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेका छन्। अनिल अथाह मेहनत र संघर्ष गर्न रुचाउने व्यक्ति हुन्। त्यही संघर्ष र मेहनतले गर्दा अनिल शिक्षण पेसा हुँदै आज अभिकर्ता पेसामा समेत राम्रो छाप छाड्न सफल भएका छन्।

    २०५५ सालमा कपिलबस्तुको विजयनगरमा जन्मिएका अनिलको बाल्यकाल सामान्य परिवारमै बित्यो। घरपरिवारलाई सघाउँदै पढेको अनिल बताउँछन्। हाल उनी स्नातक तहको अन्तिम वर्षको नतिजाको पर्खाइमा छन्। उनले प्लसटु अध्ययन सकेपछि नै शिक्षण पेसामा आबद्ध हुने सुनौलो अवसर प्रापत गरे। जुन अनिलको लगनशीलता, मेहनत र इमान्दारको उपजले हो। अनिलले ४ वर्ष आफ्नो गाउँकै स्कुलमा अध्यापनन गराए।

    अध्यापन गराउने क्रममै उनी बीमा क्षेत्रमा जोडिन पुगे। अनिलकी दिदी सुन्तली चौधरी थारु बीमा क्षेत्रमा अभिकर्ताकै रुपमा काम गर्थिन्। उनै दिदीले अनिललाई बीमा क्षेत्रमा आउन आग्रह गरिन्। अनिलकी दिदीले भनिन्, ‘बीमा क्षेत्रमा काम गर्दा धेरै राम्रो हुन्छ। यो क्षेत्रमा काम गर्न सक्यो भने धेरै राम्रो छ। प्रयास गर। भविष्य पनि यही क्षेत्रमा राम्रो छ। बीमा अभिकर्ता बनेर काम गर्दा समाजका मानिसहरुलाई बीमाको दायरामा ल्याई सुरक्षित गर्न सकिने भएकाले यो सामाजिक हितको पेसा हो। अनि अर्कोतिर आफूलाई पनि आम्दानी हुने। फुर्सदको समयमा गर्न सकिने भएकाले धेरै उत्कृष्ट छ।’ दिदको कुरा सुनेपछि अनिलले ‘हुन्छ। एकपटक प्रयास गर्छु। राम्रो गर्न सके दीर्घकालीन पेसा नै बनाएर अगाडि बढ्छु’ भन्ने अठोट लिए। त्यसपछि अनिलले २०७६ सालमा सिटिजन लाइफको कपिलबस्तुबाट लाइसेन्स लिएर काम गर्न थाले।

    अनिलले आफ्नो गाउँ, टोल र छरछिमेकीमा बीमा शिक्षा बाँड्ने गरेका छन्। उनले गाउँ–गाउँमा बीमा सचेतना फैलाएका छन्। बीमा गराउनभन्दा पनि उनले छिमेकीलाई बीमा बुझाउनतर्फत ध्यान दिने गरेका छन्। ‘बीमा बुझाएपछि बीमाको महत्वले पनि उनीहरुलाई बीमा नगरि बस्न दिँदैन्’, उनले थपे, ‘बीमा गराउनभन्दा पनि बीमाबारे बुझाउन आबश्यक छ।’

    बीमा अभिकर्ता लाइसेन्स लिएपछि अनिलले २–४ वटा बीमा गराए। त्यसपछि उनले फेरि आफ्नो अध्ययनलाई निरन्तरता दिनका लागि केही समय अभिकर्ता पेसाबाट ब्याक भए। त्यसपछि उनले २०८१ सालबाट फेरि निरन्तरता दिए। अहिले निकै राम्रो कार्य प्रदर्शन गर्दै आइरहेका छन्।

    लाइसेन्स लिएपछि सुरु–सुरुमा मानिसहरुलाई बीमा गर्नु भनेर भन्न डराउने अनिल अहिले बीमा बजारमा प्रख्यात छन्। उनले अहिले एक सयभन्दा धेरै बीमा पोलिसी बिक्री गरिसकेका छन्।

    बीमा पेसामा आउनुअघि बीमा भन्ने चाहिँ अनिललाई अलि–अलि थाहा थियो तर बीमाबारे गहिरो ज्ञान भने नभएको बताउँछन्। बीमाबाट यति धेरै राम्रो गर्न सकिन्छ भन्ने पनि उनलाई थिएन। अभिकर्ता पेसामै जोडिएपछि बिना लगानी मनग्य आम्दनाी गर्न सकिने रहेछ भन्ने अनिललाई थाहा भयो।

    अनिलले ग्राहकलाई भगवान मान्ने गरेको बताउँछन्। अभिकर्ता पेसा धर्मको पेसाको रुपमा अनिलले लिने गरेका छन्। यो पेसामा अनिलको सपना छ। संघर्ष छ तर यी सबैलाई समेटेर सफलतामा परिणत गर्न अहोरात्र खटिरहेको उनको भनाइ छ। अहिले बीमा अभिकर्ता पेसाबाट धेरै खुसी र सन्तुष्टि मिलेको अनिल बताउँछन्।

    शिक्षण पेसा छोडेर अभिकर्ता रोज्नुको कारण सोध्दा अनिलले भने, ‘अन्य पेसामा जस्तै यस पेसामा पनि मेहनत, दुःख र संघर्ष सबैको मिश्रण छ। तर, यस पेसामा काम गरेपछि ग्राहकलाई पनि राम्रो र हामीलाई पनि राम्रो हुने हुनाले यस पेसामा दुइतर्फी फाइदा छ। लक्ष्यमा पुग्दा मान, सम्मान र इज्जत पनि यसै पेसामा पाइने, नयाँ नयाँ अवसरको सिर्जना, नयाँ ठाउँ घुम्ने मौकालगायत अभिकर्ता पेसामा सबैथोक भएको कारण म यस पेसामा धेरै आकर्षित भएँ।’

    अभिकर्ता पेसामा आबद्ध भएपछि बोल्ने क्षमतामा समेत विकास भएको अनिलको बुझाइ छ। यस पेसामा लागेपछि अनिलको जीवनमा धेरै परिवर्तन आएको उनले महसुस गरेको बताउँछन्। यस पेसामा लागेपछि उनी आर्थिक रुपमा पनि सबल बनेका छन्।

    बीमा बजारमा काम गर्न चुनौती र अवसर दुवै नै रहेको अनिलको भनाइ छ। उनले भने, ‘बीमा बजारमा काम गर्न धेरै चुनौती देखिए पनि सत्य, लगनशील र मेहनतका साथ गर्यो भने धेरै राम्रो छ। १४ वटा बीमा कम्पनी छन्। फरक–फरक नीति र पोलिसी लिएर अभिकर्ता बीमा बजारमा छरिएका हुन्छन्। अनि कोहीले भ्रम फैलाएर पोलिसी बेच्छन्। त्यो क्षणभरका लागि राम्रो होला तर दीर्घकालीन हिसाबमा भ्रमको व्यापार राम्रो हुँदैन। त्यसकारण बीमा बजारमा काम गर्न चुनौती नै भए पनि आफ्नो कम्पनी र पोलिसी अनी फाइदाका बारेमा राम्रो जानकारी दिएर व्यापार गर्यो भने त्यो पोलिसी होल्डर र कम्पनी दुवैका लागि राम्रो हुन्छ। बीमा बजारलाई सबैले दीर्घकालीन र राम्रो बनाउनका लागि झुट र आश्वसनको खेतीलाई चिरेर सत्यलाई बिकाउनुपर्छ।’

    नेपालमा बीमालाई सही रुपमा सही ढंगले बुझाउन नसकेर बीमा पहुँच विस्तार नभएको अनिलको भनाइ छ। ‘बीमा बुझाउन सक्यो भने नेपालमा मानिसहरुको बीमाप्रतिको बुझाइ राम्रो हुने थियो’, उनले भने, ‘बीमालाई हरेक नागरिक, स्थानीय तह र सरकारी पक्षबाट नै पहल बढाउन आवश्यक छ।’

    अभिकर्ता पेसामै दीर्घकालीन रुपमा लाग्ने अनिलको अठोट छ। यस पेसामा अनिलले धेरै सपना बोकेका छन्। धेरैभन्दा धेरै ग्राहकलाई बीमा बुझाउने, बीमामा जोड्ने, मानिसलाई बीमाप्रति लागेको डर दुर गर्नेलगायतका धेरै सपना पूरा गर्ने उनको उद्देश्य रहेको छ।

    अनिलको नजरमा बीमा भनेको अभिभावक हो। जसले सन्तानलाई माया, ममता र सुरक्षा दिएको हुन्छ। ‘बीमा पनि आममानिसका लागि अभिभावक हो। जसले जीवनलाई सुरक्षा र म्याचुरिटि पछि राम्रो प्रतिफल, दुःखमा साथ र बुढेसकालमा सहारा दिएको हुन्छ। त्यसकारण बीमा सबैका लागि अनिहार्य छ’, उनले भने।

    बीमा कम्पनीहरुमध्येकै बेस्ट लाग्ने कम्पनी सिटिजन लाइफ रहेको अनिल बताउँछन्। उनले भने, ‘मैले काम गरेको कम्पनी भएर उत्कृष्ट भएको होइन, तपाइँहरु पनि लेखाजोखा गर्न सक्नुहुन्छ, पोलिसीवाइज, व्यवस्थापन टिम, कर्मचारी, कम्पनीको प्रगति विवरणलगायतका धेरै कुरामा सिटिजन अब्बल छ। त्यसकारण पनि म धेरै खुसी छु।’

    अनिलले यस कम्पनीबाट धेरै अवार्डहरु हात पारेका छन्। उनले हरेक लक्ष्य पूरा गर्न सधैँ तत्पर रही हालसम्म हिरो अफ द डे, हिरो अफ द मन्थ, डायमन्ड क्लबलगायतका धेरै स्किमअन्तर्गतका अवार्ड पाएका छन्। उनीले २०२६ का लागि एमडीआरटीको लक्ष्यसमेत पूरा गरिसकेका छन्।

     

    प्रतिकृया दिनुहोस्