News Portal

  • पत्रकार प्रदीपराज वन्त मोडलिङमा

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    ३२४५ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङ पेशा पनि अँगाल्नु भएको छ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत वन्त लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् । आफ्नो कामलाई विशेष महत्व दिने, सबैलाई समान व्यवहार गर्ने वन्त आफैंमा एउटा सफल व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ ।
    विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, फोटो पत्रकारको हक, हित र अधिकारका लागि सधैं लड्दै आएका वन्त पहिलोपटक कलाकारितातर्फ समेत हात हाल्नु भएको हो ।
    गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलोपटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्युजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
    गायक विनोद दनुवारले स्वर दिनुभएको गीतको भिडियोमा फोटा पत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु गुरुङको निर्देशन तथा छायाँङ्कन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गर्नुभएको थियो । साथै सम्पादन नविन निरौलाको रहेको छ ।
    आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिनुभयो । आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको र आगामी दिनमा पनि सिजन इन्टरटेनमेन्टका तर्फबाट आम रुपमा रुचाइने सामग्री प्रस्तुत गर्ने उहाँको भनाइ छ । फोटोपत्रकारिता पनि कलाको एउटा विधा भएको र त्यसैले आफूलाई डो¥याएर यता ल्याएको भन्दै वन्तले नेपाली शैलीका गीत र संगतिलाई प्रश्रय दिने उल्लेख गर्नुभयो । आफूले पहिलोपटक गरेको प्रयासलाई स्वीकार गर्दै यसमा भएका कमीकमजोरीलाई आगामी दिनमा सच्याउने समेत उहाँको भनाइ छ । वन्तले आफूलाई अवसर दिने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा सक्रियताका साथमा गीत संगीतको क्षेत्रमा समेत क्रियाशील हुने बताउनुभयो । उक्त कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्