News Portal

  • जीवन बिकास लघुवित्तको बम्पर लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    १५९१ पटक
    ८ फागुन, २०७८

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाहरु मध्येकै सर्वाधिक लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत बोनस शेयर दिने भएको छ ।संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत सहित ७३.६८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । हाल संस्थाको चुकता पूँजी ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४२ करोड ५८ लाख ८० हजार बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

     

     

    प्रतिकृया दिनुहोस्