News Portal

  • काठमाडौंका १ सय २५ फोटो पत्रकारहरुको पीसीआर परीक्षण सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७७
    २४७० पटक
    १४ भदौ, २०७७

    काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको भदौ १२ गते शुक्रबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १ सय २५ जना फोटो पत्रकारहरुकोे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
    राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्ध रहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १ सय २५ जना फोटो पत्रकारहरुको पीसीआर कोभिड–१९ को परीक्षण भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा गरिएको थियो ।
    विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा आज करिब १२५ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको थियो ।
    देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परीक्षण तिव्र पारिएको छ ।
    स्वास्थ सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पन्न भएको हो । साथै उक्त टेष्ट गर्नको लागि विषेश पहल गरी दिनुभएकोमा स्वास्थमन्त्रीका प्रेश संयोजक माधव तिवारीलाई विषेश धन्यवाद दिइएको थियो । उक्त पीसीआर हाल काठमाडौंमा रहेका फोटो पत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपङ्तीमा कार्यरत फोटो पत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताए ।

    प्रतिकृया दिनुहोस्