News Portal

  • वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बन्यो कामना सेवा विकास बैंक, ९.१९ प्रतिशत बढ्यो नाफा

    आर्थीकसंसार संवाददाता२ साउन, २०८२
    १४ पटक
    २ साउन, २०८२

    काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गर्ने कामना सेवा विकास बैंक पहिलो बनेको छ । बैंकको गत वर्ष खुद नाफा ९.१९ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    गत असारसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    गत वर्ष बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेर ३१ करोड २५ हजार रुपैयाँ, कुल सञ्चालन खर्च ४.१९ प्रतिशत बढेर २ अर्ब ६३ करोड २६ लाख रुपैयाँ, सञ्चालन नाफा १.९७ प्रतिशत बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको गत वर्ष वितरणयोग्य नाफा ४७.७१ प्रतिशत बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष वितरण गर्न मिल्ने नाफा ४१ करोड १२ लाख रुपैयाँ थियो ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ र जगेडा कोष १३.७३ प्रतिशत बढेर २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ६.३८ प्रतिशत बढेर ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ र कर्जा लगानी ८.६७ प्रतिशत बढेर ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८.१० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ ।

    अघिल्लो वर्ष ३.३६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष सामान्य बढेर ३.३८ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्