News Portal

  • कुमारी बैंक लिमिटेडको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८०
    १३८ पटक
    २० भदौ, २०८०

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि बैंकको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नागपोखरीस्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा वितरण नभएको शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्ने कम्पनीले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्