News Portal

  • एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८०
    २०६ पटक
    १९ भदौ, २०८०

    काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

    क्यापिटलका अनुसार सो योजनाको सेवाहरु सहज, व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र सम्पूर्ण शाखा कार्यालयमार्फत् योजनाको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एआईपी) लगायत अन्य सेवाहरु प्राप्त गर्न सकिने छ ।

    एसआईपी रकम स्वतः बैंक खाताबाट भुक्तानी गर्न एनएमबि बैंकको स्ट्याण्डिङ्ग इन्स्ट्रक्सन सेवा प्रयोग गर्न सकिने क्यापिटलले बताएको छ । सो फण्डको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल हो ।

    प्रतिकृया दिनुहोस्