News Portal

  • सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण

    आर्थीकसंसार संवाददाता११ भदौं, २०८०
    १४७ पटक
    ११ भदौं, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोल्हुवा शाखाले कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई दुई  र नवलपुरलाई १३ गरी कुल १५ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कम्पोस्ट बिन हस्तान्तरण गरेको बताएको छ ।

    कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरेको बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छा घरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको बताएको छ ।

    बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तनमा योगदान गर्ने योजना रहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्