News Portal

  • हिमालयन लाइफको प्यूठानले शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०८१
    २१ पटक
    १६ वैशाख, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतकप्रति शोक व्यक्त गर्दै मृत्यु दाबी बापतको रकम १० लाख ३६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

    लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवँरको प्रमुख आतिथ्यतामा मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख के.सीको भनाई छ ।

    साबिकको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाखको जीवन बीमा गरेका के.सीले १ किस्ता मात्र बीमा शुल्क बुझाएका थिए । कार्यक्रममा कम्पनीका एमडिआरटि मिन बहादुर गहतराज, एमडीआरटि रिखिराम रावत, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता थियो ।

    कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बिमितहरू लाई पनि कार्यालय बाट सरल, सहज तरिका बाट सेवा प्रवाह गर्दै छ ।

    प्रतिकृया दिनुहोस्