News Portal

  • ६९औं वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०८१
    २४ पटक
    १४ वैशाख, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आफ्नो ६९औं वार्षिकोत्सव मनाउँदै छ । बैंकले ६८ वर्ष पूरा गरी ६९ वर्ष प्रवेश गरेको अवसरमा वार्षिकउत्सव मनाउन लागेको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्रांगणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुनेछ ।

    वार्षिकोत्सवमा सहभागी हुनका लागि राष्ट्र बैंकका पूर्वगभर्नरहरू, पूर्वडेपुटी गभर्नरहरू, पूर्व विशिष्ट श्रेणी तथा पूर्वप्रथम श्रेणीका अधिकृतहरूलाई घर ठेगानामा निमन्त्रणा पत्र पठाइसकिएको बैंकले जनाएको छ । यदि निमन्त्रणा पत्र प्राप्त हुन नसकेको भए सार्वजनिक सूचनालाई निमन्त्रणा मानी वार्षिकोत्सव समारोहमा उपस्थित भइदिन पनि बैंकले अनुरोध गरेको छ ।

    बैंकले वार्षिकोत्सवको अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच बिस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्यित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

    नेपाली बैंक तथा वित्तीय संस्थाको नियामक निकायका रूपमा काम गर्दै आएको नेपाल राष्ट्र बैंकको स्थापना सन् १९५६ अर्थात वि.स २०१३ सालमा भएको हो ।

    बैंक स्थापना कालमा हिमालय शमशेर जवरा राणा गभर्नर रहेको राष्ट्र बैंकमा अहिले महाप्रसाद अधिकारी गभर्नरका रूपमा कार्यरत छन् । राष्ट्र बैंकले हालसम्म १७ वटा गभर्नर पाइसकेको छ ।

    प्रतिकृया दिनुहोस्