News Portal

  • सोमबार लक्ष्मी सनराइजको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

    आर्थीकसंसार संवाददाता११ भदौं, २०८०
    १९४ पटक
    ११ भदौं, २०८०

    काठमाडौं । सोमबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

    सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेको छ । दिनभरको बजारमा बैंकको सेयर रमूल्य बढेर प्रतिकित्ता १८१.२० रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशतले बढी हो ।

    सोमबारको सेयर बजार सामान्य अंकले बढेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ ।

    सो दिन हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल्स समूह ४५.२३ अंकले बढेको छ ।

    प्रतिकृया दिनुहोस्