News Portal

  • कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता११ भदौं, २०८०
    १८६ पटक
    ११ भदौं, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    कामना सेवा विकास बैंकले सनिबार शाखा कार्यालय भोटाहिटी मार्फत अमः भिसा पुचः को सहकार्यमा कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स–साना बालबालिकाहरु बीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    बालबालिकाहरुको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानै देखि बचतको महत्व र बचत गर्ने बानि बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बैंकका कर्मचारीहरुले नानी बाबुहरुलाई दक्षिणा, खाता खोल्ने फर्म , वित्तीय परिचालन सम्बन्धि जानकारी झोला लगाएत सामग्री वितरण गरेका थिए ।

    यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा बालबालिकाले जानकारी लिन सक्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्