News Portal

  • लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८०
    २०९ पटक
    १० भदौ, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंककाे सेयर सूचीकृत भएको छ । साविक लक्ष्मी र सनराइज बैंक मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट सेयर सूचीकृत भएको हो ।

    आइतबार बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

    नेप्सेले पहिलो कारोबारका लागि लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । सोही मूल्यबाट सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने छ । नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ ।

    साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

    प्रतिकृया दिनुहोस्