काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस सेन्टर’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।
यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस सेन्टरका विभिन्न सेवामा विशेष १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
मुक्तिनाथ विकास बैंकका ग्राहकले शुक्र हाउस अफ डायग्नोस्टिक्समा छुट पाउने
आर्थीकसंसार संवाददाता१८ साउन, २०८०
१८ साउन, २०८०- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम