News Portal

  • सानिमा रिलायन्स लाइफको प्रधान कार्यालय स्थानान्तरण

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०८१
    १५ पटक
    १२ फागुन, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालय अब काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरमा स्थानान्तरण हुने जनाइएको हो । यस अघि कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर तथा वडा नं. १ कमलादीमा रहेको थियो ।

    अब सो ठाउँबाट स्थानान्तरण भई आज फागुन १२ गतेदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरबाट सेवा दिने भएको छ ।

     

    प्रतिकृया दिनुहोस्