News Portal

  • एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सिनियर डीसीईओमा सुदेश उपाध्यायको बढुवा

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    ८ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । एनएमबि बैंकको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका गोविन्द घिमिरे सीईओमा ४ वर्ष अवधिका लागि नियुक्त भएका छन्। हाल डीसीईओ सुदेश उपाध्याय भने सिनियर डीसीईओमा बढुवा भएका छन्।

    बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार २०८२ साल वैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई सीईओमा नियुक्त र उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

    एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्