News Portal

  • आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    १९० पटक
    २५ फागुन, २०८१

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो ।

    सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारणको विषय पनि टुङ्गिएको छ ।

    उक्त अवसरमा अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१.४७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् जुन गत आ.व. भन्दा २.८ प्रतिशतको वृद्धि रहेको बताए । साथै आ.व. २०८०/०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको बताए ।

    सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्ष वर्षमा यस कम्पनीले ३.६३ अरब बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्