आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाए ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ प्रशिक्षक र लेखिका, पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशीताको विषयमा समेत चर्चा गरिएको थियो ।