News Portal

  • सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    ८ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशीस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्