News Portal

  • सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

    आर्थीकसंसार संवाददाता११ फागुन, २०८१
    १५ पटक
    ११ फागुन, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा आएका छन् ।

    हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।

    उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुखको उपस्थिति रहेको थियो ।

    नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ ।

    यसैगरी, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो वर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।

    साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्