News Portal

  • नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता६ साउन, २०८०
    १७३ पटक
    ६ साउन, २०८०

    काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बाट वार्षिक रुपमा प्रदान गरिन राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्टद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।
    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्