News Portal

  • नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा मुक्तिनाथ विकास बैंक पुरस्कृत

    आर्थीकसंसार संवाददाता६ साउन, २०८०
    १११ पटक
    ६ साउन, २०८०

    काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक बाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो ।
    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह) २. वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्तकार्य गर्ने कम्पनीहरु) ३. शक्ति र उर्जा क्षेत्र ४.निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।
    गत शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुतगरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

    प्रतिकृया दिनुहोस्