News Portal

  • प्रभु बैंकका ग्राहकले धुलिखेल डेण्टल केयरको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता५ साउन, २०८०
    २३९ पटक
    ५ साउन, २०८०

    काठमाडौं । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयरबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका तर्फबाट प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन्।
    सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको डेविट कार्ड,क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन। सबै उमेर समुहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट हुनेछ।
    प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नाराका साथ शक्तिशाली,मजबुद, प्रगतिशिल र विश्वसनीयताका साथ नयाँ उचाईमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
    हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बैंकिङ र २७५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्