News Portal

  • कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता

    आर्थीकसंसार संवाददाता५ साउन, २०८०
    १८२ पटक
    ५ साउन, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेन बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्