News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा ५० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता४ साउन, २०८०
    १९२ पटक
    ४ साउन, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसंग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको हो ।
    सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
    बैंकका ग्राहकहरुले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरगं रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४६ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्