News Portal

  • नबिल बैंकले थप ४ वटा शाखा विस्तार गर्दै, भाडामा भवन खोज्दै

    आर्थीकसंसार संवाददाता४ साउन, २०८०
    १५० पटक
    ४ साउन, २०८०

    काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँमा शाखा कार्यालय संचालन गर्ने भएको छ । बैंकले कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।
    बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको धरान उपमहानगरपालिका ८ बरगाछी, तेह्रथुमको म्याङलुङ नगरपालिका १ र दैलेखको दुल्लु नगरपालिका ७ मा शाखा कार्यालय विस्तार गर्ने भएको हो । सो क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा आवश्यक रहेको बैंकले जनाएको छ ।
    बैंकका अनुसार प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्लाको १ हजारदेखि २ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन हुनु पर्नेछ ।
    प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
    भवनको भई तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्