News Portal

  • कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ असार, २०८०
    १७४ पटक
    २५ असार, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले आज असार २५ गते सोमबारको दिन भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
    उक्त कार्यक्रममा ६० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।
    उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरज कुमार सरार्फ लगायत अन्य कर्माचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसी राम घेमोसु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्