News Portal

  • प्राइम, एभरेष्ट, नबिलबीच आरओईमा टक्कर, एनएमबी र सानिमाले पच्छ्याउँदै

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०८१
    २१ पटक
    २१ वैशाख, २०८१

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले औसत पौने ९ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता राखेका छन् । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसत ८.८४ प्रतिशत रटर्न अन इक्विटी (आरओई) रहेको छ ।

    बैंक कति बलियो छ भनेर रिटर्नअन इक्विटी (आरओई) अर्थात् सम्पत्तिमाथिको प्रतिफल हेरेर थाहा पाउन सकिन्छ । विभिन्न बैंकहरूले अर्बाैं नाफा गरेको देखाएपनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल सूचक हेर्नुपर्ने हुन्छ ।

     

    १० अर्बदेखि ३५ अर्बको हाराहारीको चुक्ता पुँजी भएका बैंकहरू छन् । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्ने हुन्छ । सेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो ।

    रिटर्न अन इक्विटीमा सबैभन्दा अब्बल स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । चैत मसान्तसम्म यस बैंकको आरओई १८.९२ प्रतिशत छ । प्राइम बैंक, एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक र सानिमा बैंकबीच आरओईमा प्रतिस्पर्धा देखिन्छ । प्राइमको आरओई १४.१५ प्रतिशत, एभरेष्टको १३.०४ प्रतिशत, नबिलको १२.०३ प्रतिशत, एनएमबीको १०.४३ प्रतिशत र सानिमाको १०.३४ प्रतिशत आरओई छ ।

    साथै बैंकलाई नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंकले पछ्याइरहेका छन् । नेपाल एसबीआई र एनआईसी एशियाको समान आरओआई ८.८८ प्रतिशत छ भने सिद्धार्थको ८.८० प्रतिशत, कृषि विकासको ८.१५ प्रतिशत, सिटिजन्स र ग्लोबल आइएमईको समान ८.०४ प्रतिशत छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.८५ प्रतिशत, हिमालयन बैंकको ७.७३ प्रतिशत, प्रभु बैंकको ७.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.११ प्रतिशत आरओआई छ । राष्ट्रिय वाणिज्य बैंकको ६.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६४ प्रतिशत, कुमारी बैंकको ४.०३ प्रतिशत र नेपाल बैंकको ०.४८ प्रतिशत रिटर्न अफ इक्वीटी छ ।

    प्रतिकृया दिनुहोस्