News Portal

  • कामना सेवा विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२१ असार, २०८०
    २१७ पटक
    २१ असार, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ । बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा.वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो ।
    बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्याय लाई उक्त डस्टबिन हस्तान्तरण गरेकी हुन् । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्