News Portal

  • मदन भण्डारी स्मृति वाटिकालाई कृषि विकास बैंकको आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१४ असार, २०८०
    १०९ पटक
    १४ असार, २०८०

    काठमाडौं । कृषि विकास बैंकले मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समितिलाई आर्थिक सहयोग गरेको हो ।
    बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक ९उपमहाप्रबन्धक० निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्