News Portal

  • आईएफसीले ग्लोबल आइएमई बैंकका चार सय कर्मचारीलाई दियो तालिम

    आर्थीकसंसार संवाददाता१० असार, २०८०
    २०८ पटक
    १० असार, २०८०

    काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेशनल फाइनान्स कर्पोरेशन- आईएफसी) ले ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिएको छ । उक्त तालिम ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो ।
    उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आईएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले सञ्चालन गरेका थिए ।
    अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्