News Portal

  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौट प्रक्रिया अन्तिम चरणमा

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    १६११ पटक
    २९ असोज, २०७७

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा आवेदन दिएका आठ जनासँग लोकसेवा आयोगले प्रस्तुती र अन्तर्वार्ता लिएको छ । लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा बिहीबारदेखि अन्तर्वार्ता सुरु भएको छ । तीन दिन प्रस्तुतीकरण सकिएपछि आजदेखि अन्तर्वार्ता लिन सुरु गरेको हो । भोलि अन्तर्वार्ता सकिएपछि अन्तिम ३ जनाको सूची सार्वजनिक हुनेछ । सोही ३ जनामध्येबाट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनेछन् ।
    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि नाम सिफारिस गर्न मन्त्रालयद्वारा गठित सर्च कमिटीले गत असोज ११ गते आइतबार अपरान्ह ५ बजेसम्म आठ जनाको अन्तिम नामावली तयार पारेको थियो । खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक चयन गर्न मन्त्रालयले गत २७ भदौमा १५ दिनको अवधि दिएर दरखास्त आह्वान गरेको थियो । सो अवधि शनिबार नै पूरा भए पनि विदाको दिन परेकोले आइतवार अपरान्ह ५ बजेसम्मका लागि तोकेर आवेदन लिइएको थियो । सोही दिन अन्तिम सूचि तयार गरेको हो । बोर्डको कार्यकारी निर्देशक हुन स्वास्थ्य तथा बीमा क्षेत्रका व्यक्तिहरुले आवेदन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्