News Portal

  • सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८०
    २५८ पटक
    १४ बैशाख, २०८०

    काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीज्यूलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ ।
    सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभयो ।
    स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोल्नुभएको थियो ।
    सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा  बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्