News Portal

  • मुक्तिनाथ विकास बैंकले वितरण गर्यो विद्याथीलाई स्टेशनरी सामान

    आर्थीकसंसार संवाददाता३१ वैशाख, २०८१
    ११८ पटक
    ३१ वैशाख, २०८१

    काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले विद्याथीलाई स्टेशनरी सामान वितरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ ।

    सोही क्रममा बैंकले धादिङ स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) हस्तान्तरण गरेको छ ।

    उक्त हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीको उपस्थिति रहेको थियो । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्