News Portal

  • कामना सेवा विकास बैंकको सीईओ बने दिनेश थकाली, को हुन् उनी ?

    आर्थीकसंसार संवाददाता१३ बैशाख, २०८०
    २१० पटक
    १३ बैशाख, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् ।
    कामना सेवा विकास बैंकको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिहित माग गरेको थियो । त्यसमा थकाली छनोट भएका हुन् ।
    थकालीले पनि आफू छनोट भएको बताएका छन् । उनले प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको बताए । ‘प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको छ, अब बैंकभित्रका केही प्राविधिक विषयहरु व्यवस्थापन गरेर निस्कन्छु, त्यसपछि कामना सेवामा पदभार ग्रहण हुन्छ,’ थकालीले विकासन्युजसँग भने ।
    माघ १५ गतेदेखि कार्यवाहक सीईओका रुपमा चलिरहेको कामना सेवा विकास बैंक अब थकालीले हाँक्नेछन् । अहिले सो बैंकमा विनय दाहालले कार्यवाहक सीईओका रुपमा काम गरिरहेका छन् ।
    थकालीले आफू रणनीतिक र योजनाबद्ध किसिमभन्दा पनि गएर मिहेनतका साथ काम गर्ने प्रकृतिको मान्छे भएको धारणा राखे । चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए ।
    उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समालेका थिए ।  त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् ।

     

    प्रतिकृया दिनुहोस्