News Portal

  • कुमारी बैंकको ४ तल्ले पक्की भवन भत्काइने

    आर्थीकसंसार संवाददाता१३ बैशाख, २०८०
    १३३ पटक
    १३ बैशाख, २०८०

    काठमाडौं । कुमारी बैंकको नक्सालस्थित भवन भत्काइने भएको छ । बैंकको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित करिव ९ हजार वर्ग फिट क्षेत्रफल भएको ४ तल्ले पक्की भवन भत्काइने बैंकले जनाएको छ ।
    बैंकको भवन पाताल गर्दा निस्कने भग्नावशेषहरु सो ठाउँबाट हटाएर जग्गा पूर्ण रुपमा सफा गर्नु पर्ने भएकाले ईच्छुक फर्म, कम्पनी, संस्था तथा व्यक्तिहरुले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो ।
    भवन भत्काए पश्चात् निस्कने इंटा, फलामे छड, झ्याल, ढोका, इलेक्ट्रिकल फिटिङस्, बाथरूम फिटिडस् लगायत सम्पूर्ण सामाग्री भत्काउने फर्म, कम्पनी, संस्था तथा व्यक्तिले लिन पाउने बैंकले जनाएको छ । सो कार्य के कसरी सम्पन्न गर्ने हो र सो बापत बैंकलाई के कति रकम भुक्तानी गर्ने हो सम्पूर्ण व्यहोरा खुलाउनु पर्ने बैंकले बताएको छ । साथै कार्य सम्पादन गर्न लाग्ने समय समेत आवेदनमा उल्लेख गर्नु पर्नेछ ।
    उक्त भवन भत्काउँदा आवश्यक पर्ने जनशक्ति, विद्युत व्यवस्था एवं उपकरणहरु सम्पूर्ण रुपमा सम्बन्धित आवेदक स्वयंले व्यवस्था गर्नु पर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्