News Portal

  • महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई दियो स्कुल ब्याग

    आर्थीकसंसार संवाददाता१३ बैशाख, २०८०
    १५६ पटक
    १३ बैशाख, २०८०

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो ।
    बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै उक्त सहयोग गरेको हो ।
    बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
    राउन्ड टेबल नेपालले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्