News Portal

  • हिमालयन बैंकले समाज नेपाललाई दियो ५ लाख नगद

    आर्थीकसंसार संवाददाता१० बैशाख, २०८०
    २७१ पटक
    १० बैशाख, २०८०

    काठमाडौं । हिमालयन बैंकले समाज नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ललिपुरको समाज नेपाललाई बिहीबार ५ लाखको आर्थिक सहयोग प्रदान गरेको हो ।
    बैंकका अनुसार देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ । यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन् ।
    बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तानतरण गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्