News Portal

  • नेपाल बैंकले एकैपटक २८ करोडको सम्पत्ति बेच्दै

    आर्थीकसंसार संवाददाता१० बैशाख, २०८०
    २९९ पटक
    १० बैशाख, २०८०

    काठमाडौं । नेपाल बैंकले एकै पटक २८ करोड बराबरको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको २७ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्रीमा राखेको हो ।
    बैंकले आज बैशाख १० गतेदेखि आफ्नो नामको सुनसरीका विभिन्न ठाउँमा रहेको घजग्गा लिलाममा बिक्री गर्ने जनाएको छ । बैंकले सुनसरीको साविक दुहबी ५ स्थित कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१, १५ को क्रमशः ०-१२-१०, १-३-६.५, ०-७-३, ०-६-१२ र ०-१२-१५ क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । बैंकका अनुसार सो जग्गाको मूल्य न्यूनतम ९ करोड ६८ लाख ७३ हजार ४४० रुपैयाँ तोकिएको छ ।
    यस्तै, सोही क्षेत्रमा रहेको कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१ र १५ मिल मसिनरी सामग्री पनि बिक्री गर्नेछ । सो मसिनरीको मूल्य ५० लाख ८८ हजार ६ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।
    यस्तै, सुनसरीको साविक सोनापुर२ ख स्थित कित्ता नम्बर १०१, १०२, ९८, १७२ र १७३ को ०-१०-१४, ०-७-५, ०-७-१, ०-५-० र ०-२-१३ क्षेत्रफल भएको जग्गा र भवन बिक्री गर्ने बैंकले जनाएको छ । सो जग्गाको मूल्य १७ करोड ७० लाख ६८ हजार ४० रुपैयाँ तोकिएको छ ।
    बैंकले बिक्री गर्न लागेको घरजग्गा खरिद गर्न इच्छुकले २१ दिन अर्थात् बैशाख ३० गतेभित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्