काठमाडौं। सनराइज बैंकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा भारतको अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतितशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका छन् ।
इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर बैंकले छुटै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।
सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट
आर्थीकसंसार संवाददाता१० बैशाख, २०८०
१० बैशाख, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?